Comments Add Comment

Advertisment

SKIP THIS

मानव बेचबिखन तथा जबरजस्ती करणीमा अभियोगमा ३ जना नियन्त्रणमा

१६ जेठ , काठमाडौं । मोरङ कटहरी गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित एक रेष्टुरेण्टमा काम गरी बस्ने वर्ष २५ को सुरज कुमार साहले मिति २०७९।०२।०५ गते काठमाण्डौँ बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई बीरगञ्ज बोलाई बसपार्कस्थित एक होटलमा लगी पटकपटक करणी गरेपश्चात् मिति २०७९।०२।०९ गते बीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित कार्की होटलकी सञ्चालिका वर्ष ४२ की लक्ष्मी बुढाथोकी (कार्की) को जिम्मा लगाई आफू भागी फरार भएको ।

मिति २०७९।०२।१० गते निज लक्ष्मी बुढाथोकी (कार्की) ले “विवाह गर्छ” भनी झुक्याई जिल्ला जुम्ला हेमा गाउँपालिका वडा नं. ३ जोगीवडा टोल घर भई हाल बी.म.न.पा.-१६ फूलबारी टोलमा डेरा गरी बस्ने वर्ष ३५ को हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाएको । निज योगीले पीडितलाई आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरी बाहिर निस्कन नदिई राखेको । मिति २०७९।०२।१४ गते राति अं. २१.०० बजे निज पीडित मौका छोपी उक्त स्थानबाट भागी आफन्तको सम्पर्कमा आएको भन्ने समेतको घटना विवरणको जानकारी मिति २०७९।०२।१५ गते यस कार्यालयमा प्राप्त हुनासाथ यस कार्यालयबाट खटिएका विभिन्न टोलीले बीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट उल्लेखित तीनै जना आरोपितलाई नियन्त्रणमा लिई जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै