Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेन युद्धको सय दिनमा इन्धन बेचेर रुसले ९८ अर्ब डलर कमायो, अधिकांश इन्धन युरोप निर्यात

३१ जेठ , काठमाडौं । युक्रेनमाथि आक्रमण थालेको प्रारम्भीक १ सय दिनमा रुसले इन्धन बेचेर ९८ अर्ब कमाइ गरेको सार्वजनिक भएको छ ।

फिनल्याण्डस्थित सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए) ले सार्वजनिक गरेको शोध प्रतिवेदनअनुसार युक्रेनमा युद्ध सुरु भएयता रुसले कूल ९८ अर्ब डलरको जिवाष्म युद्ध निर्यात गरेको छ ।

यो अवधिमा युरोपेली युनियन इयूले सबैभन्दा धेरै रुसी उर्जा आयात गरेको प्रतिवेदनमा उल्लेख छ । युक्रेन आक्रमणको प्रारम्भीक १ सय दिनमा रुसले युरोपेली युनियनलाई आफ्नो निर्यातको ६१ प्रतिशत इन्धन आपूर्ति गरेको प्रतिवेदनमा उल्लेख छ । यसअनुसार युरोपेली युनियनले रुसबाट ६० अर्ब डलर बराबरको इन्धन आयात गरेको छ ।

रुसले युक्रेनमा आक्रमण थाल्नुअघि रुसले युरोपमा कूल खपतको ४० प्रतिशत तेल र २७ प्रतिशत ग्यास आपूर्ति गर्दै आएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

यद्यपि हालै युरोपेली युनियनले अधिंकाश रुसी तेल आयात कटौती गर्ने एवम् यही वर्षको अन्त्यसम्म रुसी ग्यासको आयातलाई दुई तिहाइले घटाउने कदम चालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै