Comments Add Comment

Advertisment

SKIP THIS

चुनावचिन्ह घण्टी सहित राष्ट्रिय स्वतन्त्र पार्टी आज निर्वाचन आयोगमा दर्ता

चुनाव चिन्ह  (गोलाकार भित्रको घण्टी ) सहित राष्ट्रिय स्वतन्त्र पार्टी आज निर्वाचन आयोगमा दर्ता भएको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले  जानकारी दिए ।

पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो । – रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment