राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय -
Comments Add Comment

राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय

९ माघ , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति बैठकले चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गर्ने र जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी गरेको पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा देशभर संगठन बिस्तार गरिने उल्लेख छ ।

महामन्त्री ढकालका अनुसार यही माघ मसान्तभित्र प्रदेश समितिका बिस्तारित भेलाहरू हुनेछन् र उक्त भेलाबाट प्रदेश समिति पुनर्गठन गर्ने तयारी छ । माघ १४ गते प्रदेश नम्बर १ को विराटनगरमा भेला हुनेछ ।

माघ १६ गते मधेशको जनकपुर, माघ १८ गते बागमतीको मकवानपुर, माघ २१ गते गण्डकीको पोखरा, माघ २४ गते लुम्बिनीको दाङ, माघ २६ गते सुदूरपश्चिमको धनगढी र माघ २८ गते कर्णालीको सुर्खेतमा प्रदेश भेला हुने केन्द्रीय समितिले निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds