११ फागुन, काठमाण्डौं । उत्तर प्रदेश विधान सभा चुनावको चौथो चरण अन्तरगत बुधबार ९ जिल्लाका ५९ सिटमा मतदान हुँदैछ । आज मतदान हुने जिल्लाहरूमा राज्यको राजधानी लखनऊ पनि समावेश छ ।
आज मतदान हुने जिल्लाहरूमा पीलीभीत, लखीमपुर खीरी, सीतापुर, हरदोई, उन्नाव, लखनऊ, रायबरेली, बांदा र फतेहपुर छन् । यस अवसरमा ट्वीट गर्दै जनतालाई भोट गर्न अपिल गरेका छन् । त्यस्तै, मुख्यमन्त्री योगी आदित्यनाथले पनि मताधिकार प्रयोग गर्न आह्वान गरेका छन् । चौथो चरणको मतदानमा ६२४ उम्मेदवारहरूको भाग्यको फैसला हुनेछ ।


