मतदान केन्द्र रुँघेर बसे देउवा -
Comments Add Comment

मतदान केन्द्र रुँघेर बसे देउवा

२७ मंसिर, काठमाडौ । नेपाली काँग्रेसको १४ महाधिवेशन अन्र्तगत नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरुले मत खसाल्ने क्रम जारी छ ।

बिहान १२ बजेबाट सुरु भएको मतदानमा सभापतिका प्रत्यासी शेरबहादुर देउवा, शेखर कोईराला, प्रकाशमान सिंह लगायतले मतदान गरिसकेका छन् ।

सुरुमै मतदान गरेका देउवा मतदानपछि बाहिरिएपनि केहीबेरपछि फेरि मतदानस्थल प्रवेश गरेका छन् । देउवा राष्ट्रिय सभागृहको मतदान केन्द्रको छेवैमा कुर्सी राखेर बसिरहेका छन् । मतदाता लाइन लागेर मत खसाल्न जाने बाटो छेवैमा बसेका देउवालाई मतदाताले देख्दा नमस्कार समेत गर्ने गरेका छन् ।

काँग्रेस निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा तथा राष्ट्रिय सभागृहमा एक स्थानमा मतदान गर्ने प्रबन्ध मिलाएको छ । एक प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

काँग्रेस विधानानुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment