३ असार , काठमाडौँ । हेटौंडा उपमहानगरपालिका-४ फरेष्टी अगाडिबाट पाल्पा घर भई काठमाडौं नयाँबानेश्वर बस्ने २२ वर्षीय सनम क्षेत्रीलाई नियन्त्रित लागूऔषध नाईट्राभेट २९ ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पैदल आइरहेका सनमलाई वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



