Comments Add Comment

Advertisment

SKIP THIS

डडेल्धुरामा ६ हजार मतदाता थपिए

०६ फाल्गुन , काठमाडौं । फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत डडेल्धुरामा ९४ हजार तीन सय १४ को नाम दर्ता भएको छ। शुक्रबार जिल्ला सदरमुकाममा छैटौं निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सो तथ्या‌ंक सार्वजनिक गरेको हो।

२०७८ असारसम्मको मतदाता संख्या जिल्लामा ८८ हजार ४५ जना थियो। जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन कार्य सुरू गरेपछि नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।

पछिल्लो तथ्यांक हेर्दा जिल्लामा आगामी स्थानीय तहको निर्वाचनमा ६ हजार दुई सय ६९ मतदाता संख्या थपिएको हो। जिल्लाको अमरगढी नगरपालिकामा १४ हजार आठ सय दुई, परशुराम नगरपालिकामा २२ हजार तीन सय २७ जना मतदाता रहेको निर्वाचन अधिकारी अवस्थीले बताए।

उनका अनुसार अजयमेरू गाउँपालिकामा १२ हजार दुई सय ६३, आलिताल गाउँपालिकामा ११ हजार दुई सय ७६, गन्यापधुरा गाउँपालिकामा १० हजार नौ सय ५८, नवदुर्गा गाउँपालिकामा १३ हजार ६ सय ८० र भागेश्वर गाउँपालिकामा नौ हजार आठजना मतदाता छन्।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र छन्। जसका लागि मतदानस्थल ८० र मतदान केन्द्र एक सय १० रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको कुल जनसंख्या एक लाख ३९ हजार चार सय २० रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

लमजुङमा १६ हजार मतदाता थपिए

बैतडीमा २५ हजार मतदाता थपिए

कालिकोटमा १८ हजार ११५ मतदाता थपिए

Advertisment

छुटाउनुभयो कि? सबै

देशभर ८ लाख ३८ हजार मतदाता थपिए

मोरङमा ६६ हजार मतदाता थपिए

बैतडीमा २५ हजार मतदाता थपिए

कालिकोटमा १८ हजार ११५ मतदाता थपिए