मेट्रो ट्राफिक एफएमको १० औं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंहको आतिथ्यमा सडक सुरक्षा तथा ट्राफिक नियमको पालना सम्बन्धी ट्राफिक चेतनामूलक सांस्कृतिक कार्यक्रम काठमाण्डौको बसन्तपुर डबलीमा सम्पन्न भएको छ ।

सो अवसरमा आईजीपी सिंहले सूचना प्रवाह महत्वपूर्ण र चुनौतिको विषय रहेको बताउँदै नागरिकहरुमा प्रहरी प्रति सकारात्मक धारणा बनाउन संचार माध्यमले उल्लेखनीय भूमिका खेल्ने बताउनुभयो । सडक व्यवस्थापनमा लाग्ने सबै निकायहरुलाई समन्वय गरी एफएमका कार्यक्रम मार्फत नागरिकलाई सुरक्षित सडक यात्रामा सहयोग पुर्याउन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रबिन्द्र बहादुर धानुकले उपस्थित सबैलाई धन्यवाद दिदै सडक सुरक्षा र ट्राफिक व्यवस्थापन बहुपक्षिय सरोकार र जिम्मेवारीको विषय रहेको बताए । एआईजी धानुकले जिम्मेवार नियामक निकायहरु र सडक उपभोगकर्ता दुबैपक्षको एकिकृत सहकार्य सामञ्जस्यताको आवश्कता पर्दछ ।
नेपाल प्रहरीले सरोकार पक्षहरुसंग समन्वय र सहकार्य गर्दै Education and Enforcement गरी ट्राफिक ब्यबस्थापनमा निरन्तर Front liner को भुमिकामा रहेको सर्व बिदितै छ । एआईजी धानुकले मेट्रो ट्राफिक F.M. 95.5 मेगाहर्जले आफ्नो स्थापना समयदेखी काठमाडौं उपत्यकाको ट्राफिक ब्यबस्थापनको लागी गरेको Educative and informative Effort अत्यन्त प्रभावकारी र प्रशंसनीय अनुभव रहेको र काठमाडौं उपत्यका भित्र सडक सवारी उपयोगकर्तालाई ट्राफिक सम्बन्धी आवश्यक सूचना सहयोग र सचेतनाकोलागी आधिकारिक र विश्वस्त माध्यमकोरुपमा मेट्रो ट्राफिक F.M. स्थापित भएको बताए ।
उनले सडक सुरक्षा तथा ट्राफिक नियमको पालना सम्बन्धी ट्राफिक सचेतनामुलक सांस्कृतिक कार्यक्रमले नै यसलाई थप पुष्ट्याई गर्दछ । काठमाडौँ उपत्यकाको सडक सुरक्षा र ट्राफिक ब्यबस्थापन यहांको सभ्यता बिकास र सुरक्षाको लागी मुख्य चूनौतीकोरुपमा बिद्यमान रहेको बास्तबिकतालाई नजरअन्दाज गर्न सकिदैन । यसमा सिमित सडक पूर्वाधार , प्रतिकुल सडक संरचना र सडक प्रयोगकर्ताहरुको अनियन्त्रित चाप र बिस्तारलाई एकिकृत र योजनाबद्ध ढंगवाट ब्यबस्थापन गर्न नसक्नु मुख्य समस्याको रुपमा देखिएका छन् । यसलाई समाधान गर्न नेपाल प्रहरी र उपत्यका ट्राफिक प्रहरी कार्यालयले सिमित स्रोत,साधन र प्रबिधीका बाबजुत पनि राजधानीको सडकलाई सुरक्षित बनाउन ट्राफिकलाई सहज र ब्यबस्थित बनाउन Enforcement र Education को पाटोमा निरन्तर क्रियासिल रहेको बताए ।
एआईजी धानुकले ट्राफिक नियमन तथा ब्यबस्थापनलाई प्रबिधीयुक्त बनाउनुपर्ने र सडक संरचनाको अबस्थालाई ब्यापकरुपमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै यो बहुपक्षिय सरोकार र जिम्मेवारीको क्षेत्र भएको वास्तविकतालाई मनन गर्दै स्थानीय सरकार तथा काठमाडौं महानगरपालिका रलसरोकारवाला सबै पक्षहरुको अग्रसरता र सहकार्यको लागी अपिल गरेका छन् ।




