Comments Add Comment

Advertisment

SKIP THIS

अदालतबाट भागेका व्यक्ति ३ घण्टापछि पक्राउ

६ असार , काठमाडौं । जिल्ला अदालत काठमाडौंको परिसरबाट भागेका एक जना लागुऔषध मुद्दाका प्रतिवादी तीन घण्टपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार साँझ म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुरलाई आइतबार राति नै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको जानकारी दिए ।अदालतबाट फरार भएसँगै प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो भने काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारेर खोजेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै