काठमाडौँ । बैंकिङ्ग कसुर मुद्दामा ३ वर्ष कैद सजाय तोकिएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा घर भएकी ४५ वर्षीया मन्दिरा केसी (कार्की) छन् ।
२९ वैशाख २०७१ मा उच्च अदालत पाटनले उनीविरुद्ध ३ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवाना हुने ठहर गरेपछि उनी फरार थिइन् । फरार रहेकी केसीलाई काभ्रेबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए। फैसला कार्यान्वयका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ।
क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर लिएको कर्जा उनले तोकिएको परियोजनामा लगानी नगरेर दुरुपयोग गरेकी हुन् ।
मन्दिरा घराना डेभलपर्स प्रालिको सञ्चालक हुन् । सो डेभलपर्सको नाममा कर्जा लिएर दुरुपयोग गरेको अदालतको ठहर छ ।