Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरबाट प्रहरीले १० जना जुवाडेहरुलाई पक्राउ

काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिकाबाट प्रहरीले १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–३ बंशगोपाल स्थित नारायण श्रेष्ठको घरमा संचालित जुवा खालबाट जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए ।

पक्राउ पर्नेमा काभ्र्रे घर भएका बुद्ध लामा, सागर लामा, कुमार तामाङ, चित्र बहादुर तामाङ, भिम बहादुर लामा, जिबन लामा, बुद्धमान तामाङ, सबिन तामाङ, सिन्धुपाल्चोक घर भएका बिर बहादुर तामाङ र ललितपुरका मदन लामा छन् ।

जुवा खालबाट २५ हजार ६५५ रुपैयाँ नगद र २ बुक तास बरामद गरिएको डिएसपी पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै