४ मंसिर , काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीका ३ जना कार्यकर्ता पक्राउ परेका छन् ।
कास्कीको निर्वाचन क्षेत्र नम्बर ३ स्थित माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेस्थित तारेबराह आधारभूत विद्यालय ‘ग’ मतदान केन्द्रमा मतपेटिका फुटाउने ३ जनालाई प्ररीले पक्राउ गरेको हो ।
माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियार लगायतले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । उक्त समयमा १०० मत खिससकेकाे थियाे ।
उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । बिहान करिब सवा ११ बजे पुनः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।





