
१६ माघ , काठमाडौ । सुनसरीको दुहबीबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । दुहबी नगरपालिका ५ दुहबी स्थितबाट इटहरी उपमहानगरपालिका-३ का २८ बर्षीय सूर्य घिमिर, २३ बर्षीय नवराज लिम्बु र इटहरी १७ का २० बर्षीय बिमल के.सी. पक्राउ परेका हुन् ।
शनिबार बेलुका ५ बजे सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले कोशी राजमार्गमा बिराटनगरबाट इटहरीतर्फ जादै गरेको सार्वजनिक बसमा चेकिङ गर्ने क्रममा उनिहरुलाई लागुऔषध Spasmo Proxyvon ३२ ट्याब्लेट र Nitrogen ५० ५० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।



