Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी श्याम ज्ञवालीद्वारा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण तथा निर्देशन

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम ज्ञवालीले आज १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको निरीक्षण भ्रमण गर्नु भएको छ ।

डिआईजी श्याम ज्ञवालीले तालिम केन्द्रको निरीक्षण भ्रमणको क्रममा तालीम केन्द्रका सम्पुर्ण शाखाहरु, मेश तथा ब्यारेकहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

निर्देशनको क्रममा डिआईजी ज्ञवालीले प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहने र सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको साथै योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने बताउनु भयो ।

यसका साथै डिआईजी ज्ञवालीले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालिम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै कार्यक्षेत्रमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशन समेत दिनु भयो ।

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा पुगेर अनुगमन , निरीक्षण तथा निर्देशन सम्बोधन गरिदिनुभएकोमा तालिम केन्द्रका प्रमुख एसएसपी राजेशनाथ बस्तोलाले डिआईजी श्याम ज्ञवालीलाई हार्दिक धन्यवाद व्यक्त गर्नुको साथै सिमित स्रोत साधनका बिच पनि उत्कृष्ट प्रशिक्षण गतिविधि सञ्चालन गरि दक्ष जनशक्ति उत्पादन गर्दै आईरहेको तालिम केन्द्रको भौतिक पूर्वाधारको विकास, आन्तरिक सुद्धीकरण र सुढृडिकरणमा जोड दिई कार्य सञ्चालन गरिरहेको प्रदेश प्रमुखबाट भएको निर्देशनले प्रशिक्षण गतिविधी सञ्चालन गर्न थप हौसला प्राप्त भएको कुरा व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै