Comments Add Comment

Advertisment

SKIP THIS

धरानका मेयर हर्क साम्पाङविरुद्ध साइबर ब्युरोमा उजुरी

२० साउन , काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य एवं धरान उपमहानगरकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)विरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

केही दिन अघिदेखि मेयर साम्पाङले उनको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलेसन’ बाट सामाजिक तथा जातीय सद्भाव विथोलिने गरि मञ्जु भण्डारीविरुद्ध बनाइएका फेक स्टाटसको स्क्रिनसट राखेर पोष्ट गरेपछि उनले साइवर अपराध अन्तर्गत कारवाहीका लागि उजुरी दिएकी हुन् ।

नेकपा एमाले र आफुविरुद्ध मेयर साम्पाङ नै लागेपछि उजुरी गर्न बाध्य भएको बिहीबार धरानमा पत्रकार सम्मेलन गरेर जानकारी दिएकी छन् । यो अपराधिक घटना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफूले मुद्दा दिएको उनले बताइन् ।

केही दिनअघि मेयर हर्क साम्पाङले भण्डारीको तस्बिर जोडिएको फोटो पोष्ट गरेपछि भण्डारीले फेसबुकमार्फत नै मेयरलाई सचेत गराएकी थिइन । तर, बिहीबार विहानै मेयर साम्पाङले भण्डारीको नाममा बनेको फेक स्टाटसलाई शेयर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै