Comments Add Comment

करणी गरेको आरोपमा मकवानपुरबाट एकजना पक्राउ

७ असार , काठमाडौं । मकवानपुर प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँ बस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।प्रहरीका अनुसार रुम्बालाई २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो।

रुम्बामाथि ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगेर जबरजस्ती करणी गरेको आरोप छ। प्रहरीले हाल घटनाबारे अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै