Comments Add Comment

Advertisment

SKIP THIS

जंगली जनावरको आतंक !

२३ साउन , काठमाडौं । केही दिन अगाडिको कान्तिपुर दैनिकमा “धादिङमा भएको बँदेल आतंक” शीर्षक लेख र यहि श्रावण २३ गतेको किरण पान्डेद्वारा लिखित ” बाँदरको प्राकृतिक व्यवस्थापन ” लेख पढी केही लेख्न मन लाग्यो । धादिङको थाक्रे गाउँपालिकामा बँदेलले अन्नवाली नष्ट गर्न थालेपछि त्यहाँका किसान चिन्तित हुनथालेजस्तै देशका विभिन्न भागमा बँदेल मात्र नभएर बाँदर र जंगली हात्तीको पनि त्यत्तिकै बिगबिगी छ ।

लमजुङ जिल्लाको पश्चिमी भेगमा अस्वस्थित मध्यनेपाल नगरपालिकाको वडा नं २ टक्सार , जिता, सुर्यपाल , समिभन्ज्याङलगाएत अन्य विभिन्न ठाउँहरुमा लगाइएको बाली नाली बाँदर आतंकको कारणले थन्क्याउन पाएको अवस्था छैन । केही वर्ष अगाडि दोलखामा घरमा एक्लै बसिरहेकी एक बृद्दा महिलालाई घरमा थन्क्याएको मकै खान नदिएको रिसमा बाँदरले चिथोर्दा सख्त घाइते भएकी थिइन । केही क्षणमै बेहोस भएपछि अस्पत्तालमा भर्ना गरिएको थियो । यस्तै चितवन र पूर्वी जिल्लाहरु पाँचथर, ताप्लेजुङ , संखुवासभामा भने जङली हात्ती आतंकले गर्दा लगाएको बाली त नष्ट भयो नै जनजीवन पनि अस्तब्यस्त बनाएको खवर सुनिन्छ । यसरी पश्चिमतिरका केही जिल्लाहरुमा त किसानले लगाएको अन्नवाली घरमा भित्र्याउने समयमा बाँदरले खाइदिएर नोक्सान मात्र भएकोले त्यहाँका जनप्रतिनिधिहरुद्वारा बाँदर नियन्त्रण गर्नको लागि बजेट नै छुट्याइएको अवस्था थियो ।

यसरी नेपालको लागि प्रमूख अर्थतन्त्र भनेको कृषि नै हो । करिब ७० प्रतिशत कृषियोग्य जमिनमा ६७ प्रतिशत मानिसहरु कृषिमा निर्भर छन । तैपनि वार्षिक अरबौं रुपैयाको अन्नबाली बिदेशबाट भित्र्याउँछौ तर कृषितर्फ न राज्यले ध्यान दिएको छ , न त नेपालीहरुले यसतर्फ चासो नै दिएका छन । अझ विशेषगरी पहाडतिर किसानले बढो दुख गरि लगाएको बालिनाली थन्क्याउने समयमा बाँदर, बँदेल र हातीजस्ता जंगली जनावरहरुले नष्ठ पारिदिन्छन । जसले गर्दा प्रशस्त उब्जनीको श्रोत हुँदाहुँदै पनि थन्क्याउने बेलाको बाली नष्ट हुँदा किसानहरु बढो मारमा परेका छन । अझ आजभोली त गाउँबस्ती टोल छोडेर कयौं मानिसहरु तराई तथा शहरी क्षेत्रहरुमा बसाई सराई गरेकाले गाउँबस्तीहरु पातालिँदै गएका छन ।

पहिले घर भएका ठाउँहरु अहिले जंगलले भरिएकाले पनि बस्तीहरु पातालिंदै छन । जसले गर्दा बाँकि रहेका जग्गामा लगाइएको खेतीवाली पनि जंगली जनावरले सखाप पारिदिन्छ र उल्टो घरमा बसेका बृद्द महिला तथा बालबालीकाहरु देख्यो भने ज्यानै लिने खतरासमेत सृजना भएकोले उक्त आतंकीत कृयाकलापलाई न्युनीकरण गर्नको लागि किरण पान्डेले लेख्नुभएजस्तै बन- जंगलको प्राकृतिक संरचनाको पुनस्थापना, समस्याग्रस्त क्षेत्रहरुमा पशुपालन, पहाडमा मानव बस्तीको पुनस्थापना, पर्यावरणमैत्री बिकासकासाथै बाँदरको व्यवहार अध्ययन गर्नेजस्ता योजनाहरु लागू गरि कार्यान्वयनको क्षेत्रलाई फराकिलो पार्ने र यसको लागि निर्वाचित जनप्रतिनिधिहरुले मानवीय संबेदनालाई ख्याल गरि यसतर्फ नितान्त ध्यान दिन जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै