कोपा अमेरिका: मेस्सीले गाेलको खाता खाेल्दा अर्जेन्टिना फाइनलमा -
Comments Add Comment

Advertisment

SKIP THIS

कोपा अमेरिका: मेस्सीले गाेलको खाता खाेल्दा अर्जेन्टिना फाइनलमा

२६ असार ,काठमाडौ । साविक विजेता अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिकाको फाइनलमा पुगेको छ।

बुधबार बिहान भएको सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलले हरायो। अर्जेन्टिनाको जितमा जुलियान अल्भारेज र लियोनल मेस्सीले गोल गरे। अल्भारेजले २२ र मेस्सीले ५१ औँ मिनेटमा गोल गरेका थिए।

मेस्सी आफ्नो खेल जिवनमा पाचौँपटक कोपा अमेरिकाको फाइनल पुगेका हुन्। यस्तै क्यानडाविरुद्धको गोलपछि उनी सिनियर अन्तर्राष्ट्रिय फुटबलमा दोस्रो सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका छन्।

मेस्सीको अन्तर्राष्ट्रिय गोल संख्या एक सय ९ पुगेको छ। तेस्रो स्थानमा रहेका अली दाईको एक सय ८ गोल छ। क्रिस्टियानो रोनाल्डोले एक सय ३० गोल गरेका छन्। जारी कोपा अमेरिकामा मेस्सीले पहिलो गोल गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment