२३ साउन , काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले घटेको छ । आज नेप्से १७.६७ अंकले घटेर दुई हजार एक सय ६ दशमलब १६ विन्दुमा बन्द भएको छ ।
त्यस्तै, शेयरबजार घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा आज नेप्सेमा दुई अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च भएको हो ।
आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११०० रुपैयाँ पुगेको छ भने हिमालयन हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २५०.८० रुपैयाँ पुगेको छ ।







