Comments Add Comment

Advertisment

SKIP THIS

तीजमा झडप हुँदा एकको मृत्यु : नालीमा शव भेटियो

१५ भदौ , काठमाडौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ ।

तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन् ।

घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ । ‘स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ’, जिसीले भने, ‘अनुसन्धान हुँदैछ । मृतकको टाउकोमा गम्भीर चोट छ ।’ प्रहरीले घटनामा संलग्नको पहिचान र खोजी जारी राखेको जनाएको छ । उता, अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

मंगलबार राति करीब करिब ११ बजेतिर २५ वर्षीय बमबहादुर धामी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनकी श्रीमतीले धामी मृत परेको खबर गरेपछि प्रहरी घटनास्थलमा गएको थियो ।

धामी सडक किनारमा रहेको नालीमा मृत फेला परेका थिए । अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत विनायक बजार नजिकै सडकको नालीमा धामी मृत भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment