१७ कात्तिक, काठमाडौं । हिमालयन होटलको नाममा कम्पनी खोलेर ठगी गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा, वीरगन्जका नौसद अन्सारी रहेका छन् ।
उनले सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाएर घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरेको पाइएको छ ।
त्यसपछि हिमालयन होटल नामक कम्पनी दर्ता गराई राम्रो आम्दानी हुने भनि ४ करोड ५० लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले अन्सारीलाई वीरगन्जस्थित प्रतिमाचोकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।