Comments Add Comment

Advertisment

SKIP THIS

दाङ-२ मा हस्ताक्षर नभएको ८८ मतपत्र भेटियो

६ मंसिर , काठमाडौं । दाङ–२ मा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएपछि केही क्षण मतगणना रोकिको छ । मतगणनाको क्रममा ८८ वटा मतपत्रमा अधिकृतको हस्ताक्षर थिए । जसका कारण केहीबेर मतगणा रोकिएको थियो ।

हस्ताक्षर नभएका मतपत्रबारे जाँझबुझ गर्ने जिम्मा पाएका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको बताउ । मतपत्रमा हस्ताक्षर नगर्ने निर्वाचन अधिकृतलाई कानुन बमोजिम कारबाही हुने निर्णय भएको उनको भनाइ छ ।

मत गनिरहेको बेला माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र नेकपा एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएको हो ।

पद्मोदय उच्चमावि, जबरकोट, बोझपोखरा, गढी समुदायिक बंगलाचुली लगायतका स्थानका मतपत्रमा हस्ताक्षर नभएको पाइएको थियो । ती सबै मतपत्र स्वतः बदर हुने मुख्य निर्वाचन अधिकृत कार्कीले बताए ।

बिहीबार बिहानसम्मको मत परिणामअनुसार दाङ २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेललाई पछि पर्दौ माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै