Comments Add Comment

Advertisment

SKIP THIS

कपिलवस्तुको ठकुरापुरमा बन कर्मचारी र प्रहरीको मिलिमताे काठ तस्करी जारी 

२० पुष , काठमाडौं । नेपाल भारत सिमामा रहेका संरक्षित जंगल फडानीमा तस्करहरु सक्रिय हुंदा पनि सुरक्षा निकाय लगायत सम्बन्धित निकायले चासाे देखाएका छैन्न ।

भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे भाभर रेन्ज क्षेत्रबाट टीक र कालाेशिशमकाे तस्कारी केही दिनदेखि व्यापक रुपमा हुँदै आएकाे छ । जंगलबाट राति तस्करहरु काठका गाेलिया भारत तिरकाे परसुरामपुर घाट र नरायनापुर घाट हुँदै वारिका गेडुवाजाेत , मानपुर, नरायनापुर गाउंका काष्ठ उद्योगहरु सम्म पुर्याउछन् । विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भएपनि प्रहरी र ठाकुरापुर बन रेन्ज पाेष्टले कुनै सक्रियता नदेखाएकाले सेटिङ्गमा नै काठ तस्करी भईरहेकाे स्पष्ट छ ।

तस्करहरु बेलुकी काठका गुलिया जंगलबाट ल्याई बार्डरका गाउं वरपरका बगैचा र परालमा लुकाई राख्ने गर्छन । राति ८ देखि ६ बजेभित्र नजिकका काठ उद्योगमा पुर्याइ माेटाे रकम कमाउने गरेकाे स्राेतले बताएकाे छ । काठ तस्करीबारे सुरक्षा निकायपनि अनभिज्ञ छैन्न, प्रहरी चौकी ठकुरापुर , डालपुर सशस्त्र बीओपीकाे क्षेत्र भित्रै अवैधरुपमा काठ भित्रिनु भनेकाे दुई देसबीचमा भएकाे बन्यजन्तु संरक्षण सम्बन्धि सान्धि सम्क्षाैता विपरित कार्य हाे साथै जानि जानि वन्यजीव संरक्षित जंगललाई मास्न पल्केका तस्करहरुमाथि नाकेल कस्न नसकेकाे सेक्टर बन कार्यालय ठाकुरापुरकाे पनि भारत को पचपेड़वा पुलिस मिलिमताे रहेकाे प्रस्ट छ। राति तस्करहरुले परसुरामपुर घाट नजिकै लुकाएर राखेका काठहरु मौका छोपी नेपाल भित्र्याउने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै