Comments Add Comment

Advertisment

SKIP THIS

कैलालीमा अपहरणकारीको चंगुलबाट यसरी फुत्किए सहचालक

१५ साउन , काठमाडौ । सोमबार राति कैलालीको चिसापानीबाट अपहरणमा परेका सहचालक लोकेन्द्र चौधरी अपहरणकारीबाट फुत्किएर घर पुगेका छन् ।

मोहन्याल गाउँपालिका -७ पितमारी क्षेत्रबाट अपरहणमा परेका चौधरी मंगलबार साँझ घर पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी मंगलबार बिहान ५ः३० बजे अपहरणकारीहरुको चंगुलबाट फुत्किएर सकुशल घर फर्किएका हुन् ।

‘मलाई दुई जनाले नियन्त्रणमा लिइरहेका थिए, एक जना भाग्न साधन खोज्न लागे, अर्कोलाई तिर्खा लाग्यो भनेर पानी खोज्न जाँदा म उनीहरुको आँखा छलेर फुत्किए’, उनले प्रहरीलाई सुनाए ।

सोमबार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउँदै गरेको भे १ च ३७१४ नम्बरको गाडीमा सवारीधनी राम चौधरी, चालक अनुराग चौधरी, सहचालक लोकेन्द्र चौधरी र अर्का एक जना मीन माझी थिए । उनीहरूलाई कुटपिट गर्दै केही युवाहरूले सहचालकलाई नियन्त्रणमा लिएर सँगै लगेका थिए ।

तीमध्येका एक जना सोमबार राति पक्राउ परेका थिए । अर्का एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । आफ्नो समूहका दुई जना पक्राउ परेपछि अपहरणकारी त्रसित बनेका थिए ।

‘उनीहरु भागेर नेपालगञ्ज जान गाडी खोजिरहेको र त्यहीबेला पानी खाने बहानामा सहचालक भागेर आएको देखिन्छ’, इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक कान्तिराज जोशीले भने, ‘घटनाबारे हामी थप बुझिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment