कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु -
Comments Add Comment

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु

६ फागुन , काठमाडौ । कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ९ शंकरपुरमा शनिवार साँझ भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

से ३ प ९३ न मोटरसाइकलमा सवार गौरीगङ्गा ८ बढैपुरका ३९ वर्षीय गोपी नेपालीको ज्यान गएको हो । यात्रु झर्दै गरेको ना ५ ख ९६४६ नम्बरको बसमा ठोकिएर अनियन्त्रित भई सडकमा लडेका नेपालीलाई बसले कुल्चेको थियो ।

पश्चिम तर्फ जाँदै गरेको ना६ख ७४४३ नम्बरको बसको ठक्करबाट नेपालीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । नेपाली बढैपुर सुकुम्वासी शिविरमा बस्दै आएका थिए ।

दुर्घटनाको छानबिनको लागि दुवै बस इलाका प्रहरी कार्यालय चौमालाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment