Comments Add Comment

Advertisment

SKIP THIS

दाङ र उदयपुरमा डुबेर २ जनाको मृत्यु

५ आश्विन , काठमाडौं । दाङको लमही नगरपालिका–६ देउपुर बस्ने नुमा भण्डारीको ६ वर्षीय छोरा रोहित भण्डारीको आफ्नै घर नजिकैको कुलोमा डुबेर मंगलबार मृत्यु भएको छ ।

खेल्ने क्रममा उक्त कुलोमा डुबेर अशक्त भएका उनको तुलसी बाल अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित त्रियुगा खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने २२ वर्षीया लक्ष्मी सदाको मंगलबार दिउँसो मृत्यु भएको छ ।

दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment