Comments Add Comment

Advertisment

SKIP THIS

शनिबार दिउँसो काठमाडौंबाट पाँच किलो चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ

काठमाडौंमा पाँच किलो चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

शनिबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१६ कालधाराबाट दुई जनालाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए। एसपी ढुंगेलका अनुसार प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका-५ का ३१ वर्षीय गोविन्द तामाङ र २७ वर्षीया मुस्कान लामा छन्।

उनीहरूबाट पाँच किलो चरेश, ७ वटा एटिएम कार्ड, ९ हजार रुपैयाँ र बागमती प्रदेश ०२-०२३ प ९४८१ नं. को २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको हो।

उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ को कसूरमा प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै