२४ जेठ , काठमाडौ ।  तारकेश्वर नगरपालिकालाई Digital Palika बनाउने भनी मेयर कृष्णहरि महर्जनको ठाडो निर्देशनमा विना प्रतिपर्धा Cellapp नाम गरेको Company सँग सम्झौता गरि Smart Palika App बनाउने निर्देशन दिईएको थियो, मेयर महर्जनले आफु आएपछि नगरसभाबाटै एक करोड बजेट बिनियोजन गरि अनलाइन प्रणालीमा नगरपालिका लाई लैजाने भनी बजेट राखेको नगरसभा पुस्तिकामा देख्न र पढ्न सकिन्छ ।

पछिल्लो नगरसभाबाट उक्त रकमलाई टुक्रा पारी आफू अनुकुल हुनेगरी आफ्ना निकटतम मानिने कार्यकर्ता मार्फत स्मार्ट पालिकाको अवधारणा भनी tarakeshwor mobile apps निर्माण गरेका थिए, तारकेश्वर नगरपालिका प्रमुखका अनुसार आफनो छोरा यसमा नभएको बताए लगत्तै समाचार सच्याएको छौ ।

उक्त एप्स हालसम्म सञ्चालनमा नआएपछि हाल सो को उजुरी टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा परी छानवीन प्रक्रियामा रहेको भन्ने बुझिएको छ ।

काम सम्पन्न भयो भनेर २० लाख रकम भुक्तानी भएको छ । तर १ वर्ष भईसक्दा पनि उक्त Mobile Apps नचलेका कारण सोसँग जोडिएका निर्णयकर्ता र कर्मचारी हाल तनाव अवस्थामा रहेको निकटस्थ श्रोतबाट जानकारी प्राप्त भएको छ । सो रकमको भुक्तानी तकालिन प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेको पालामा भएको थियो । Company का प्रबन्ध निर्देशकका अनुसार नगरपालिकाको यो Apps चलाउन Initiation लिएन ।

नगरपालिका भन्छ Company ले राम्रो काम गरेन । जनताको रकम यसरी आफुखुशी कार्यकर्ता पालनपोषण र अनाश्यक टुक्रा पारी विना प्रतिस्पर्धा पटकपटक रकम भुक्तानी गरी हिनामिना गर्न कस्ले दियो अधिकार मेयरलाई भन्ने प्रश्न टड्कारो रुपमा उठेको छ । यतिका ठूलो काममा किन प्रतिपर्धा गरिएन, रकम भुक्तानी गरिदा पनि वर्षौसम्म किन सञ्चालनमा आएन यसको जवाफ जनतामाझ दिनैपर्छ । यो चरम भष्ट्रचार हो ।

स्थानीय तहमा कार्यरत एक प्रमुख प्रशासकीय अधिकृत सँग बुझ्दा पछिल्लो समय स्थानीय तहलाई कमाईखाने भाँडोको रुपमा लिई चुनाव टिकट लिनै र चुनावमा जित हासिलकै निम्ति करोडौं रकम खर्च गरीगरी जनप्रतिनिधि बन्ने होडबाजी चलेको छ, आफ्नो ईच्छा अनुरुप कार्यालय सञ्चालन गर्न छपाई, स्टोर सामान खरिद, सवारी खरिद तथा मर्मत, विभिन्न अनावश्यक डिपिआर निर्माण देखि विभिन्न कोष खडा गरि टुक्रे बजेट बनाई उपभोक्ता समितिले काम गर्ने भनी सेटिङमा आफू अनुकुलका ठेकेदार मार्फत काम गराउने प्रचलन बढ्दै गएको र चरम भ्रष्टाचारमा लिप्त हुन थालेको जानकारी गराए ।

मेयर उपमेयरको सचिवालय हावी भई कानुनको वर्खिलाप गर्दै आफू अनुकूलका निर्णय गर्ने , सो को कार्यान्वयन गर्ने अनावश्यक दबाब दिदै आईरहेकाले यस्ता खालका घटनाहरु बढेको सजिलै महसुस गरिएको र अबका दिनमा स्थानीय तहमा जागिरको चार्मिङ घटेको बताउछन ।

मेयर उपमेयरकै दवावमा कानुन विपरितका काम गरिनु अख्तियारको दुरुपयोग हुन जान्छ । नगरसभाबाट स्वीकृत कार्यक्रमहरु सञ्चालन एवम् सम्पन्न गर्ने र सो को प्रगति बुझाउने जिम्मेवारी लिएको प्रमुख प्रशासकीय अधिकृतलाई हरेक काममा दबाब र कामै नभईकन गरिने भुक्तानीले गर्दा उमेरहदकै कारण हुन लागेको पेन्सन समेत नआई अख्तियारको खोरमा पुगिने हो कि भन्ने चिन्ताले पिरोल्ने बताए ।

यी र यस्ता गैरकानुनी काम गर्ने सचिवालय र जनप्रतिनिधिलाई समयमै कानुनबमोजिमको कारवाही गर्न आवश्यक छ ।

तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले हाम्रो टिमसँगको कुराकानीमा अब स्मार्ट पालिका एप्सको बाँकी काम छिट्टै सकेर प्रयोग गर्न सकिने बनाउने बताउनुभएको छ ।

नगर प्रमुख निर्वाचनमा जितेर आएको २ वर्ष भइसकेको छ । आउने वित्तिकै बनाएको एप्स अहिलदेसम्म सेवा लिन सक्ने बनाउन नसक्नुले मेयर महर्जनको क्षमतामाथि प्रश्न खडा भएको छ ?