Comments Add Comment

Advertisment

SKIP THIS

बाढीले जिप बगायो, कक्षा कोठाभित्र पनि पस्यो पानी !

९ भाद्र , काठमाडौ । शनिबार रातिको मुसलधारे वर्षाले म्याग्दीको बेनीबजार आसपासक्षेत्रमा बाढीले असर पुर्‍याएको छ। यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेको ग२च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्साको बाढीले बगाएको छ।

यात्रु र चालकले भागेर ज्यान जोगाएका छन्। बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ।

सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ।

राति नै बाढी तर्काएका सशस्त्र प्रहरी, स्थानीय बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउन जुटेका प्रनाउ नेपालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment