तारकेश्वर । हालै जेन-जी प्रदर्शनकारीद्वारा गरिएको तोडफोड र आगजनीबाट क्षति पुगेको तारकेश्वर नगरपालिकाले आज विशेष सरसफाइ कार्य सम्पन्न गरेको छ।
नगरपालिकाको स्रोतअनुसार तोडफोड र आगजनीका क्रममा आधिकारिक कागजपत्रमध्ये करिब ९५ प्रतिशत सुरक्षित रहेको र करिब ५ प्रतिशत मात्र जलेको पुष्टि भएको छ। तर, गाडी, डोजर, ट्रकलगायतका सम्पूर्ण गुड्ने साधन भने पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
यसबीच, तारकेश्वर क्षेत्रका बौद्धिक स्थानहरूले नगरपालिकामा भएको क्षतिमा प्रदर्शन मात्र नभई व्यक्तिगत दुश्मनीको कारण पनि भूमिका रहेको आशंका व्यक्त गरेका छन्। उनीहरूको भनाइमा योजनाबद्ध ढंगले केही व्यक्तिहरूले नगरपालिकालाई लक्षित गर्दै आक्रमण गराएको सम्भावना उच्च छ।
यस्तो प्रतिकूल परिस्थितिमा पनि तारकेश्वर नगरपालिकाले सेवाग्राहीलाई राहत मिल्ने गरी भोलिदेखि नै सबै नियमित कामकाज सञ्चालन गर्ने घोषणा गरेको छ।
नगरपालिकाले प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको बताउँदै, जनतालाई सेवामा कुनै अवरोध नहुने आश्वासन दिएको छ।