१२ असार , काठमाडौ । कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–२ तेघरीबाट सोही ठाउँका २४ वर्षीय अमित शोव १ ग्राम १६० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।