Comments Add Comment

Advertisment

SKIP THIS

दुबई पठाईदिने भन्दै ११ लाख ६६ हजार ठगी गर्ने फरमान हवारीलाई प्रहरीले पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई पठाईदिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–८ घर भई हाल बनस्थली ढुङगेधारा बस्ने फरमान हवारी रहेका छन् ।

हवारीले निरज सेन्चुरीसहित चार जनाबाट ११ लाख ६६ हजार ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

हवारीले वैदेशिक रोजगारीमा दुबईमा राम्रो तलब आउने आश्वासन दिएका थिए।

आरोपीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै