Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी निरीक्षक अनिल अधिकारी प्रमाण पत्रले सम्मान

७ असार, काठमाडौ । महानगरीय प्रहरी परिसर टेकु,काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिल अधिकारीले नेपाल प्रहरीको विभागिय मुल्य मान्यता आदेश निर्देशनको पालना गरी प्रमाण पत्रले सम्मान गरिएको छ ।

व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धान एवं नियन्त्रणको क्षेत्रमा बिशेष योगदान पुर्‍याउनुका साथै काठमाडौं जिल्लामा बिभिन्न अपराधमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरी आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख अशोक सिंह ज्युले कदर पत्र प्रदान गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment