Comments Add Comment

Advertisment

SKIP THIS

नेशनल लाइफद्वारा वरिष्ठ अभिकर्तालाई सम्मान

४ पुष काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्सले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरूको सम्मानमा दुई दिने वार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्राण्डी होटलमा सम्पन्न गरेको छ ।

कम्पनीको अभिकर्ता वार्षिक कार्यक्रम अन्तर्गत ‘चियरपर्सन क्लब सदस्य सम्मान’ नामक उक्त कार्यक्रममा नेपालभरबाट आर्थिक वर्ष २०७७र०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरूलाई सम्मान गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत कम्पनीले देशभरबाट आर्थिक वर्षभित्र आफ्नो व्यक्तिगत व्यवसायको आधारमा एवं एजेन्सी सञ्जालको आधारमा प्रथम, द्वितीय र तृतीय हुने सर्वोकृष्ट ६ जना लिडरहरूलाई विशेष सम्मानका साथ कदरपत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको छ ।

यसरी पुरस्कृत हुने चिफ विजनेश म्यानेजरहरूमा ब्यक्तिगत ब्यवसायको आधारमा मोहन तिमिल्सिना प्रथम, भुपेन्द्र क्षेत्री द्वितीय र युवराज बास्तोला तृतीय भएका छन् । यसैगरी अभिकर्ता सन्जालको आधारमा निलु पूर्वे प्रथम, रत्न बहादुर खत्री द्वितीय र टिकाप्रसाद खरेल तृतिय भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई थप व्यवसायीकरणका लागि कम्पनीले आवश्यक लगानी गर्ने बताए ।

यस्तै, कम्पनीका अध्यक्ष एवं चियरपर्सन क्लब सम्मान कार्यक्रमका सभापति प्रेमा राज्यलक्ष्मी सिंहले यस्ता कार्यक्रमहरूबाट देशैभरि रहेका अभिकर्ताहरुलाई आफ्नो व्यवसायिक दक्षता बृद्धि गरी व्यवसायिक सफलता हासिल गर्न कोशेढुंगा सावित हुने विचार व्यक्त गरिन् ।

सोही अवसरमा कम्पनीले आफ्नो नयाँ बीमालेख ‘जीवन श्री सावधिक अमृत बीमा योजना’ को शुभारम्भ समेत गरेको छ । नयाँ बीमा योजना सार्वजनिक गर्दै कम्पनीका अध्यक्ष प्रेमा सिंहले जोखिम बहन पनि हुने, बचत पनि हुने र बीमाको अवधि समाप्ती पछि ८० वर्ष उमेर सम्म बीमाङ्कको ९ प्रतिशतका दरले आयश्रोतको रुपमा उपलव्ध हुने जानकारी दिइन् ।

यस बीमा योजनावाट अवकाश प्राप्त जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउनेमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment