Comments Add Comment

Advertisment

SKIP THIS

नयाँ बसपार्कका हवल्दार नवराज सापकोटा ‘ट्राफिक पुलिस अफ दी मन्थ’ बाट सम्मानित

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले उत्कृष्ट काम गरेबापत १ जना प्रहरीलाई सम्मान गरेको छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय ट्राफिक प्रहरी गुल्म रामशाहपथ दरबन्दी भई ट्राफिक प्रहरी बृत्त नयाँ बसपार्कमा कार्यरत प्रहरी हवल्दार नवराज सापकोटालाई ‘ट्राफिक पुलिस अफ दी मन्थ’ बाट सम्मान गरेको हो ।

प्रहरी हवल्दार नवराज सापकोटाले विदेशी तथा स्वदेशी, अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरुको सवारी अवागमनलाई सहज बनाउने, ट्राफिक नियम उल्लंघन गर्ने बढी भन्दा बढी सवारी चालकहरुलाई कारवाहीको दायरामा ल्याई चुस्त दुरुस्त रहि विभागीय नीति निर्देशन तथा अडर आदेशको अक्षरसः पालना गर्दै आफूलाई खटाईएको स्थानहरुमा सवारी अवागमनलाई सरल, सहज, सुरक्षित र भरपर्दो बनाउन सक्रिय भएर लागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

हवल्दार नवराज सापकोटाले आफूलाई तोकिएको जिम्म्मेवारी विवाद ‍रहित तवरलले पूरा गर्ने जस्ता कार्य गरी सर्वसाधारणबाट समेत सकारात्मक पृष्ठपोषण प्राप्त भएको हुँदा निजलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट २०८० माघ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै