Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी दीपक थापाद्वारा रसुवामा नव निर्मित प्रहरी चौकी पारच्याङ र हाकुको उद्‌घाटन

रसुवा , बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नव निर्मित प्रहरी चौकी सरमथली पारच्याङ र हाकु रसुवाको उद्‌घाटन कार्यक्रम सम्पन्न भएको छ ।

रसुवामा आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रेका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुवेर खापुङ, प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकी लगायत स्थानिय तहका जनप्रतिनिधीहरू संचारकर्मी तथा नागरिक समाजका विभिन्न भद्रभलाद्मीहरूको उपस्थिती रहेको थियो ।

साथै उक्त कार्यक्रममा जग्गादाता र भवन निर्माणमा सहयोग पुर्‍याउनुहुने विभिन्न व्यक्तित्वहरूलाई सम्मान सहित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै