Comments Add Comment

Advertisment

SKIP THIS

‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धि

२४ जेठ ,भारत । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा उल्लेख्य कमी आएको छ ।

डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १ हजार २३३ जनामा संक्रमण भएको छ ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८९ लाख ९ हजार ६०४ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो ।

आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा आज २ हजार ४४५ मा झरेको छ ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ४९ हजार २२९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित

थपिए २७५ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ५८ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ३८८ जना संक्रमित

Advertisment

छुटाउनुभयो कि? सबै