Comments Add Comment

Advertisment

SKIP THIS

३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान

काठमाडौँ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित २८ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

उक्त तालिम समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले तालिमले प्रशिक्षार्थीको व्यवसायिक जिवनमा निपुर्णता ल्याएको विश्वास व्यक्त गर्दै दैविक प्रकोप तथा विपदको समयमा खोजी तथा उद्दार कार्यमा नागरिकले अपेक्षा गरे अनुरुप सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर १८ गतेदेखि संचालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान ३६ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए । कार्यक्रममा विपद व्यवस्थापन सम्बन्धि श्रव्यदृश्य समाग्री प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै