Comments Add Comment

‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धि

२५ जेठ, काठमाडौ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई महिना यताकै कम भएको छ ।

डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ८७ हजार ३४५ जनामा संक्रमण भएको छ । यसअघि गत चैत्र २१ मा८९ हजार१९ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसयता लगायतार वृद्धि भएको संक्रमण पहिलो पटक १८ वैशाखमा ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८९ लाख ९६ हजार ९४९ पुगेको छ ।

आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा आज २ हजार ११५ मा झरेको छ ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ५१ हजार ३४४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित

थपिए २७५ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ५८ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ३८८ जना संक्रमित

Advertisment

छुटाउनुभयो कि? सबै

पछिल्लो २४ घण्टामा ३८८ जना संक्रमित

थपिए २७५ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित