निश्पक्ष, भेदभाव रहित अनुसन्धान र व्यवसायिक प्रहरी भएर काम गर्नु: एसएसपी रजौरे -
Comments Add Comment

निश्पक्ष, भेदभाव रहित अनुसन्धान र व्यवसायिक प्रहरी भएर काम गर्नु: एसएसपी रजौरे

काठमाडौं: काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी बसन्त रजौरेले निश्पक्ष र भेदभाव रहित अनुसन्धान, बोली व्यवहारमा नम्रता-शिष्टता एवं व्यवसायिक भएर कार्यगर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

एसएसपी बसन्त रजौरेले परिसर मातहतको निरीक्षणको क्रममा आज प्रहरी वृत्त महारागञ्‍ज र दरबारमार्ग पुगेर कार्यरत प्रहरी कर्मचारीहरुलाई उक्त निर्देशन दिएका हुन ।

निर्देशनको कार्यक्रममा बोल्नुहुदै एसएसपी रजौरेले राजधानीमा सबै जिल्लाका मानिसहरूको बसोबास हुने भएकोले प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्दै सो कुरा अन्तराष्ट्रिय जगतमा समेत सम्प्रेषण हुने भन्दै उहाँले प्रहरी कार्यालयमा आउने सेवा ग्राही पिडित भएरनै आउने हुनाले पिडितलाई परेको पिरमर्कालाई आफुलाईनै परेको हो भन्ने सम्झि, सरल छिटो छरितो तरिकाले सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै