Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरबाट चोरी भएको मोटरसाइकल रौतहट ट्राफिक इन्स्पेक्टर विमला कठायतले फेला पारिन

ललितपुरबाट चोरी भएको मोटरसाइकल रौतहट जिल्लामा फेला परेको छ। यहीँ असोज ३० गते दिउँसो ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ५ टिकाथली राधाकृष्ण चाेकमा पार्किङ गरी राखेकाे प्रदेश ३ -०२-०१४ प ०६४७ नम्बरकाे निलाे कालाे रंगकाे २२० सिसिको बजाज कम्पनीकाे पल्सर मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको टोलीले चन्द्रनिगाहपुरबाट फेला पारेर मोटरसाइकल धनी भोजपुरका आशिष लकान्द्रीलाई बुझाएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक विमला कुमारी कठायतले मोटरसाइकल धनी लकान्द्रीलाई बुझाएकी हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय राैतहट चन्द्रनिगाहापुरकाे चेक पाेईन्टमा ३० गते रातिनै ११ बजेकाे ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा फेला सो मोटरसाइकल फेला परेको प्रहरी निरीक्षक कठायतले जानकारी दिइन्। उनका अनुसार मोटरसाइकलमा चोर ट्राफिक प्रहरीलाई देखेपछि मोटरसाइकल सोही स्थानमा छाडेर फरार भएका थिए।                                                                                 

चोरी भ‌ए लगत्तै प्रहरी वृत्त सातदाेबाटाे ललितपूरमा निवेदन दिएका लकान्द्रीले आफुले हराएको २४ घण्टा भित्रै मोटरसाइकल पुन: प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको टोलीलाई विशेष धन्यवाद दिए । ललितपुर देखि रौतहटसम्म आइपुग्दा धेरै स्थानहरुमा जनपथ प्रहरी तथा ट्राफिक प्रहरीको चेक पोइन्ट भ‌एपनि ती सबै स्थानहरू छलेर चोरीको मोटरसाइकल रौतहटसम्म कसरी आइपुग्यो चासोको विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै