काठमाडौँको तार्केश्वर-५ मुड्खु नजिकै एक मोटरसाइकल दुर्घटना भएको छ।
दुर्घटनामा परेका चालक प्युठान घर भई हाल तारकेश्वर नगरपालिका–५ बस्दै आएका र पठाओमार्फत सवारी सेवा दिँदै आएका व्यक्ति भएको प्रारम्भिक जानकारी आएको छ।
दुर्घटनामा चालकको एक हात भाँचिएको अपुष्ट जानकारी छ। हाल उनी दुर्घटना स्थलमै रहेका र सामान्य अवस्थामा सुरक्षित रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।