Comments Add Comment

Advertisment

SKIP THIS

बालाजु प्रहरी वृत्त तार्केश्वर धर्मस्थलीबाट सेवा सुचारु

काठमाडौँ । नेपाल प्रहरी बृत्त बालाजुले तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थली प्रहरी चौकीबाट सेवा सञ्चालन गरेको छ।

मिति २०८२ भाद्र ३१ गतेदेखि स्थानीय जनतालाई सेवा दिने गरी सो चौकीमार्फत वृत्तले आफ्नो कार्य सुचारु गरेको हो।

यसअघि मिति २०८२ भाद्र २३ र २४ गते Gen-Z आन्दोलनका क्रममा बालाजुमा रहेको प्रहरी वृत्त कार्यालयमा आगजनी हुँदा भवन र सामग्रीमा ठूलो क्षति पुगेको थियो।

आगजनीपश्चात त्यहाँबाट सेवा सञ्चालन गर्न असम्भव भएपछि वृत्त बालाजुले धर्मस्थलीस्थित प्रहरी चौकीलाई अस्थायी कार्यस्थलका रूपमा चयन गरेको हो।

धर्मस्थलीमा डीएसपीको कमाण्डमा प्रहरी वृत्तको दैनिक प्रशासनिक र सुरक्षासम्बन्धी कामहरू सुरु भएको छ। यसअघि बालाजु वृत्त बालाजु र बाइपासको बीचमा अवस्थित थियो।

प्रहरी स्रोतका अनुसार धर्मस्थलीबाट सेवा सञ्चालन अस्थायी व्यवस्था मात्रै हो। निकट भविष्यमा क्षतिग्रस्त कार्यालयको पुनर्निर्माण भएपछि वृत्तलाई पुनः आफ्नै स्थानमा स्थानान्तरण गर्ने योजना रहेको जानकारी प्राप्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै