Comments Add Comment

Advertisment

SKIP THIS

इ-सेवाकाे बदमासी : टपअप गरेकाे पैसा बिचैमा गायब !

१९ मंसिर , काठमाडौ । नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको कम्पनी इ-सेवामा सर्वसाधरणको विश्वसनीयता घट्दै गएको छ ।

इ-सेवामा विभिन्न समस्या देखिन थालेपछि सर्वसाधरणको विश्वसनीयता घट्दै गएको हो ।

सर्वसाधरणले इ-सेवामा गलत भुक्तानी, फिर्ताको प्रक्रिया झन्झटिले प्रक्रिया, इ–सेवामा रकमलोड नहुने लगयतका समस्याको सामना गर्नु परेको छ । बैंकबाट लोड गरेको पैसा इ-सेवाको खातामा नआएको भन्दै सर्वसाधरण आक्रोसित छन् ।

इटहरीका नवराज दाहालले ९ दिन सम्म आफ्नो समस्या समाधान नभएको भन्दै आक्रोश व्याक्त गरेका छन् । उनले यो आक्रोश समाजिक सञ्जालमा समेत व्याक्त गरेको देखिन्छ । उनका अनुसार भनेका छन्, “आज ९ दिन भयोबैक बाट ३०,०००र-इ-सेवामा लोड गरेको, बैंकमा व्यालेन्समा घटिसक्यो तर इ–सेवामा अहीले सम्म आएन, अहीले सम्म इ–सेवालाई ७ पटक भन्दा बढी फोन गरी सके तर अत्तोपत्तो छैन ।

यस्तो छ इ–सेवाको विश्वसनीयता ।” उनले यसैमा थपेका छन् ‘इ–सेवाबाट सबै सावधान रहनु होला है ।’नवराज एउटा प्रतिनिधि पात्र मात्रै हुन इ–सेवाको लापरवाहिले दुख पाउनेको सर्वसाधरणको संख्या ठुलो रहेको छ । इसेवाका अर्का एक प्रयोगकर्ताका अनुसार आफुलाइ इसेवाले अनावश्यक रूपमा पैसा होल्ड गरेर धेरैने दुस्ख दिएको बताए। व्याज पनि आउनै हैन, अर्जेन्ट परेर लोड गर्यो पैसा होल्ड गरिदिन्छ ।

यस बिषयमा इ-सेवा सँग सम्पर्क गर्दा, इ(सेवाले अनाधिकृत रूपमा कसैको पनि रकम होल्ड नगर्ने बताइएको छ । आफुहरूले ग्राहकबर्गहरूको समस्या चाँडो समाधान गर्ने जनाएको छ । उनिहरूले प्रविधिक समस्याका कारण सो समस्या पर्न गएको बताए । इ-सेवा अनाधिकृत रूपमा कसैको पनि रकम होल्ड नगर्ने बताएतापनि आम नागरिकहरूको अनावश्यक रूपमा पैसा होल्ड गरेर बारम्बार सम्पर्क गर्दा समेत समस्या समाधान नहुनुले इसेवा आम ग्राहकहरू प्रती कति जिम्मेवार रहेको प्रश्ट देखिन्नछ । यस्ता प्रकारका समस्याहरूमा सम्बन्धित निकायबाट उचित कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै