Comments Add Comment

Advertisment

SKIP THIS

विवाहमा कुटपिट हुदाँ एक जनाको मृत्यु

०९ फागुन , काठमाडौं । कैलालीको भजनी नगरपालिका–९ स्थित विवाहमा भएको झगडामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरी रहेका छन् । आतइतबार राति कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विवाहमा बसन्त सहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थी लगायतका व्यक्तिहरू नाचगान गर्नेक्रममा विवाद भएको थियो ।

विवाद चर्कदै गएपछि कुटपिटहुँदा बसन्तका गम्भीर घाइते भएका थिए । उनको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment