Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा छोरीको विवाह गर्न कम्तीमा २१ वर्ष पुग्नुपर्ने

१ पुष , काठमाडौ । भारतमा विवाह गर्न छोरीका लागि कम्तिमा २१ वर्ष कायम गरिएको छ । विद्यमान १८ वर्षबाट बढाएर कम्तिमा २१ वर्ष हुनुपर्ने कानुनी प्रस्तावलाई सकारले अनुमोदन गरेको हो ।

त्यस्तै, पुरुषका लागि भने यसअघि नै २१ वर्ष पुग्नुपर्ने प्रावधान छ । २१ वर्ष उमेर नपुगी विवाह गरेमा कानुनी कारबाही हुने भएको छ । विवाहका लागि न्यूनतम उमेर बढाउने प्रस्तावलाई सरकारले एक वर्षपछि अनुमोदन गरेको हो । विवाहका लागि महिलाको न्युनतम उमेर बढाउने बारेमा एउटा कार्यदल गठन गरिएको थियो ।

विभिन्न क्षेत्रका व्यावसायिक व्यक्ति, वयस्क, युवतीहरु, नीति निर्मातालगायत विज्ञहरुसँगको वृहत सुझावपछि कार्यदलले महिलालाई विवाहका लागि न्युनतम उमेर प्रस्ताव गरेको थियो ।

विवाहबारे वृहत सार्वजनिक सचेतना अभियान सञ्चालन गर्न पनि कार्यदलले सुझाव दिएको छ । विद्यालयको पाठ्यकंममा यौन शिक्षालाई समावेश गर्नुपर्ने पनि कार्यदलको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै