काठमाण्डौ जिल्लाका प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले मातहतका कार्यालयहरुको निरीक्षण गर्ने क्रममा प्रहरी वृत्त बानेश्वरको निरीक्षणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
एसएसपी भुपेन्द्र खत्रीले इमान्दार, सक्षम र उच्च मनोवलयुक्त प्रहरी कर्मचारीहरुबाट मात्रै आमनागरिकको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्ने हुँदा कानूनको सर्वोच्चता र नागरिकको सर्वोपरितालाई आत्मसाथ गर्दै प्रहरी संगठनमा आईपर्ने चुनौतिहरुलाई व्यावसायिक तवरबाट सामना गर्नुपर्ने बताउनु भएको छ ।
प्रहरी वृत्त बानेश्वरको निरीक्षण एवं अवलोकन पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका वियषमा निर्देशन सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । साथै प्रहरी नागरिकका समस्या एवं पिडाहरुको निदानकर्ता भएकाले प्रहरी कर्मचारिको गलत आचरण एवं व्यवहारका कारण नागरिकमा थप पिडा एवं नैराश्यता उत्पन्न हुन नहुने बताउदै आफुलाई आचरणयुक्त एवं कार्यदक्षताले भरिपुर्ण प्रहरी कर्मचारीका रुपमा मन, वचन र कर्मले कार्यक्षेत्रमा समर्पित गर्नुपर्नेमा जोड दिनु भएको छ ।