Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले ब्राउन सुगरसहित कपनबाट तिन जना युवकलाई पक्राउ

२५ माघ , काठमाडौं । लागुऔषध ब्राउन सुगरसहित कपनबाट पक्राउ परेका दुई जनाको बयानको आधारमा प्रहरीले थप एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर घर भई काठमाडौंको तार्केश्वर नगरपालिका–११ बस्ने २४ वर्षका मितेन शेर्पा उर्फ तेन्जिङ छन् । माघ २४ मा साँझ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले आकाशे धाराबाट २२ वर्षीय पासाङ छिरिङ शेर्पा र २३ वर्षका खगेस खत्रीलाई पक्राउ गरेको थियो । शुरुमा पक्रा परेका पासाङ छिरिङबाट प्रहरीले ६ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

सो ब्राउन सुगर कञ्चनपुर घर भएर बुढानिलकण्ठ नगरपालिका–१० कपनमा बस्ने खत्रीले राख्न दिएको पासाङ छिरिङले बयान दिएका थिए । थप कारोबारीको सुराकको आधारमा महानगरीय प्रहरी प्रभाग कपनकी इन्स्पेक्टर भगवती तिमल्सिना नेतृत्वको टोलीले मितेनलाई नयाँ बसपार्क स्थित हिलेटोलबाट पक्राउ गरेको हो ।

मितेनको साथबाट १६.८ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । उनिहरुको साथबाट २ थान डिजिटल तराजु पनि बरामद गरिएको छ । आरोपीहरु बिरुद्ध लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै