Comments Add Comment

Advertisment

SKIP THIS

गुडिरहेको ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु

१५ चैत , काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ मा हिजो बेलुकी गुडिरहेको ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका-४ का १६ वर्षीय संगम थारु रहेका छन् ।

ट्र्याक्टरबाट खस्दा गम्भीर घाइते भएका थारुको उपचारको क्रममा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु १ त ६८ ४२ नम्बरको ट्र्याक्टरमा सवार थारु हिजो बेलुकी ७ बजे सोही ट्र्याक्टरबाट खसेका थिए । ट्र्याक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

बसबाट खसेर एक जनाको मृत्यु

रुखले किचेर एक जनाको मृत्यु